१ सय ५० नेपाली कामदार कतारबाट देश निकाला गरियो
काठमाडौँ । निर्देशन अवज्ञा गर्ने नेपाली कामदारलाई कतार सरकारले डिपोर्ट गरेको छ । कतार सरकारको निर्देशन अवज्ञा गर्दै भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई सरकारले बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ ।
कतारले यसअघि नै २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।
डिपोर्ट भएका नेपालीहरु गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउ परेका नेपालीहरुले भने आफुहरुलाई क्याम्प नजिकैबाट पक्राउ गरि जेल लागेको बताएका छन ।
रासस/एएनआई
प्रतिक्रिया राख्नुहोस्