तपाईँ सुन्दै हुनुहुन्छः

गाउँगाउँमा अभियान : कोरोनासँग लड्न सचेतना दिंदै पातारासी गाउँपालिका

जुम्ला । पातारासी गाउँपालिकाले कोरोना भाईरसबाट त्रसित नहुन तथा संक्रमण हुनबाट बच्न गाउँगाउँमा सचेतना अभियान संचालन गरेको छ ।

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोनाबारे नागरिकलाई सचेत गराउन गाउँगाउँमा अभियान चलाईएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनु भयो ।

उहाँका अनुसार पहिलो दिन बिहिवार गाउँपालिकाको पूर्वमा पर्ने १,२, र ३ वडाका तल्फी, परे, छुमचौर लगायतका गाउँमा कोरोना भाईरसबाट बच्ने उपायका बारेमा सिकाईएको छ । कोरोनाबाट वचन तथा बचाउन सम्पूर्ण तयारी तिब्र भैईरहेको अध्यक्ष बोहोराको दाबी छ ।

पालिकाभरीका ७ वटै वडाका करिब २७ वटा गाउँ बस्तीमा पुग्ने गरि अभियानै संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढा थापाले बताउनु भयो ।

स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँगाउँ सर्वसाधारणहरु कोरोनाबाट बच्ने उपाय तथा यसको मनोबैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत गरिएको बुढा थापाको भनाई छ ।

गाउँमा पर्चा पम्पलेट समेत वितरण गरिएको छ भने पाएक पर्ने वडाका आधारमा पातारासीमा रहेका चार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।

स्वास्थ्यकार्मी,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडासदस्य लगायत सम्पूर्ण टोलीनै गाउँगाउँमा पुगेर स्थानीयसँग कोरोना विरुद्घको छलफल तथा परामर्श गर्दै आएका छन् ।

शौचालय गईसकेपछि,फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन,गाईबस्तुसंग टाढा रहन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ । गाउँघरमा स्वास्थ्यभन्दा बढी काममा ध्यान दिने, पशुचौपायकै रेखदेख अधिकांश समय बिताउने भएकाले पनि गाउँगाउँमा सचेतना अभिायन संचालन गरिएको हो गाउँपालिका अध्यक्ष बोहोराको भनाई छ ।

गाउँपालिकाले हेल्थ डेक्स राख्नेदेखि गाउँगाउँमा चेतना फैलाउने अभियान थालेकोले कोरोनाको त्रासबाट बिचलीत नहुन समेत आग्रह गरेका छन् ।

२५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन गरिसकेकाले गाउँघरमा हुने कुनै मेला पर्व, उत्सव समेत नगर्न सुझाब दिएका छन् । भने, पातारासीमा रहेको कर्णाली ईन्ष्यिुटलाई आईसोलेसन बनाउने समेत तयारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button