तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस् ७२ घण्टामा तयार अस्पताल (फोटो फिचर)

चितवन । चितवनको भरतपुरमा ७२ घन्टामै कोरोना विशेष अस्पताल निर्माण गरिएको छ ।
कोरोना प्रकोप नियन्त्रणका लागि भन्दै तत्कालका लागि ५० बेडको अस्पताल निर्माण गरिएको हो । निर्माण गरिएको अस्पताल आजबाट संचालनमा आउने बताइएको छ ।

भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको हो ।

अस्पतालमा कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ ।

‘मेडिकल सिटी’को रुपमा विकसित हुँदै गएको चितवनको भरतपुरमा कोरोनाको रोकथाम र सङ्क्रमणपछिको उपचारलाई सहज बनाउन जिल्लाका सरोकारवालाहरुले सक्रियता देखाएका थिए ।
त्यसका लागि कोरोना लक्षित स्पेशल टाक्स फोर्स गठन भएको थियो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स गठन गरिएको थियो । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ ।

जिल्लामा कोरोना सङ्क्रमणको सम्भावित अवस्थालाई ख्याल राखेर प्रदर्शनी केन्द्रलाई विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरिकाम गरिएको महानगरपालिकाकी प्रमुख दाहालले बताउनुभयो ।


विशेष अस्पतालको लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइएको नगरप्रमुख दाहालले बताउनुभयो ।

चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने छ । देशकै मध्य भागमा पर्ने चितवनका धेरै स्थानबाट बिरामी आउने अवस्थालाई मध्यनजर गरी विशेष अस्पताललाई रिफरल अस्पतालको रुपमा सञ्चालित गरिने भरतपुर अस्पतालका चिकित्सक डा.भोजराज अधिकारीको भनाइ छ । प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले यसलाई अस्पतालको लागि छनौट गरिएको हो ।

चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ । अस्पतालको गेटबाट तापक्रम नापेर विरामीलाई अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गर्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button