तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्ध लड्ने साझा अभियानमा सहयोग पुर्याउन मन्त्री ढकालको आग्रह

फाइल तस्बिर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्ध लड्ने साँझा अभियानमा सबै नागरिक सचेत भई आ–आफ्नो तर्फबाट सहयोग पुर्याउन आग्रह गर्नुभएको छ ।

प्रेस कान्उसिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित कोरोना र्भारस संक्रमण र मिडियाको भुमिका बिषयक सचेतनामूलक कार्यक्रममा मन्त्री ढकालले कोरोना संक्रमितको सम्पूर्ण स्वास्थ्य उपचारको अभिभावकत्व सरकारले लिन तयार रहेको बताउनुहँुदै कोरोना भाईरस संक्रमण हुनै नदिनका लागि प्रत्येक नागरिकले सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

मन्त्री ढकालले नेपाल संक्रमणको उच्च जोखिममा रहेको भन्दै भारतीय नाकामा आवातजातवमा कडाई गनुका साथै ४३ वटा स्वास्थ्य बिन्दु बनाई स्वास्थ्य जाँचको व्यवस्था गरिएको र सीमा जोडिएका एक सय २८ पालिकामा स्वास्थ्य कक्ष राखि निगरानी बढाईएको जानकारी दिनुभयो ।

अन्तरर्गत  कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले कोरोना संक्रमणबारे भ्रम र त्रास फैलाउने किसिमका गलत सूचना प्रवाह गर्ने सञ्चार माध्यमलाई कारवाहीको दायरामा ल्याउन आवश्यक रहको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button