तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण : व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव

काठमाडौं । कोराना भाईरस (कोभिड–१९)का सम्बन्धमा आएका अनावश्यक हल्लाहरुपयपछि नलाग्न र व्यक्तिगत सुरक्षा तथा सरसफाईमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना भाईरस (कोभिड–१९)को संक्रमणका सम्बन्धमा नेपालमा पनि सोसल मिडिया लगायत व्यक्ति पिच्छे ब्याख्या आउन थालेपछि डाक्टरहरुले त्यस्तो भ्रममा नपर्न र व्यक्तिगत   सुरक्षा र सरसफाईमा ध्यान दिन सुझाव दिनुभएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेसम्म यो संक्रमणको उपचार पद्धति पत्ता नलागेको बेला कोभिड १९ को विषयमा कसैले पनि मनगणन्ते भ्रम फैलाउन नहुने, बरु ब्यतिगत सुरक्षा र सरसफाईमा ध्यान दिई रोग सर्न नदिन सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

एक सय ६६ मुलुकमा फैलिईसकेको कोभिड १९ को संक्रमणबाट हालसम्म ८ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् भने दुई लाख भन्दा बढी संक्रमित छन् ।

नेपालमा भने यसै बर्षको पुसमा बाहिरबाट आएका एक जना ब्यतिmमा कोभिड १९ संक्रमण देखीए पनि उनी उपचारपछि निकोे भईसकेका छन् ।

बेलाबेलामा सामाजिक सञ्जालहरुमा नेपालमा कोभिड १९ को संक्रमण पत्ता लगाउने उपकरण सहितको ल्याब नभएको टीका टीप्पणी हुनेगरेको छ । तर नेपालमा कोभिड १९ को संक्रमण भए नभएको पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ल्याब परिक्षण सक्षम र गुणस्तरिय भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. लुना झा बताउनुहुन्छ ।

कोभिड १९ लाई लक्षित गरेर सरकारले उच्च पदस्थ ब्यतिmको संयोजकत्वमा विभिन्न समिति गठन गरेको छ भने विभिन्न ठाउंमा हेल्थ डेस्क सञ्चालनमा समेत ल्याएको छ ।

नेपाल सरकारले पनि कोभिड १९ लाई लक्षित गरि विद्यालय र विश्व विद्यालय स्तरका परिक्षाहरु रोक्ने निर्णय गरिसकेको छ भने विभिन्न सभा सम्मेलन नगर्ने र नगर्न अनुरोध गरिसकेको छ ।

भनिन्छ रोग लाग्न दिनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानि मानिन्छ । त्यसैले हामी सबैले कोभिड १९ को संक्रमण फैलिन नदिन जनचेतना अभिबृद्धि संगै व्यतिmगत सुरक्षा र सरसफाईमा विशेष ध्यान दिन र अनावश्यक भ्रममा नपरी सरकारको योजनामा सहयोग पुर्याउन नागरिक कर्तव्य पूरा गर्न आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button