तपाईँ सुन्दै हुनुहुन्छः

कोरना भाइरसको प्रकोपबाट जोगिन नेपालले उच्च सर्तकता अपनाउन पर्ने

काठमाडौँ । विश्वमा हालसम्म आठ हजार बढी मानिसको ज्यान लिने गरी फैलिएको कोरना भाइरसको प्रकोपबाट जोगिन, नेपालले उच्च सर्तकता अपनाउन पर्नेमा सबै पक्षको ध्यान गएको छ ।

संसदको कानुन न्याए तथा मानव अधिकार समितिले , स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रनिनिधिहरुसँग कोरना प्रकोपका लागि सरकारले चालेका कदमहरु बारेमा छलफल गर्न बोलाएको बैठकमा सांसदहरुले कोरना परिक्षणका लागि सातै प्रदेशमा तत्काल प्रयोगशालाको व्यवस्था मिलाउन पर्ने, अस्पतालहरुको क्षमता बढाएर आवश्यक उपकरणहरु उपलब्ध गराउन पर्ने लगाएतका कुराहरुमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बजारमा देखिएको अत्यावश्यक बस्तुहरुको अभावप्रति सरकारी संयन्त्रहरुको भुमिका अझै प्रभावकारी बन्नु पर्ने, मास्क सेनिटाइजर जस्ता सामाग्रीहरु सहज उपलब्ध गराउन पर्ने, गलत सुचनामार्फत समाजमा त्रास फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नु पर्ने लगाएतका बिषयमा समितिले सरकारलाई निदेशन समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button