हुम्लाको यल्वाङ्गमा हेल्थ डेक्स स्थापना, दुई सय १५ जनाको स्वास्थ्य परिक्षण
जुम्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सकको टोली हुम्ला पुगेसँगै चीनसँग सिमा जोडिएको हिल्सा नाका नजिक हेल्थडेक्स स्थापना गरिएको छ ।
हिल्सा नाका नजिक नाम्खा गाउँपालिकाको यल्वाङ्गमा हेल्थडेक्स स्थापना गरी चेकजाँच शुरु गरिएको हुम्लाबाट सिनियर अहेब कमेन्द्र न्यौपानले बताउनुभयो ।
उहाँका अनुसार ३ गते देखि ४ गतेसम्म करिब दुई सय १५ जनालाई चेकजाँच गरिएको छ । साथै हुम्लास्थित बिभिन्न बिद्यालय तथा गुम्बाहरुमा समेत कोरोनाबाट कसरी बच्ने भन्ने बारे सिकाइएको छ ।
जुम्ला प्रतिष्ठानबाट गएको डाक्टर अशोककुमार गौतम, सिनियर अहेब कमेन्द्र न्यौपाने, ल्याब टेक्निसियन गोविन्द न्यौपाने र हुम्लाका दुईजना स्वास्थ्यकर्मी कान्छो लामा र टोमा लामा गरी पाँचजनाको टोलीले नियमित चेकजाँच गरिरहेका छन् ।
हिल्सा नाकामै हेल्थ डेक्स राख्ने भनिएपनि बाक्लो हिउ जमेका कारण जान कठिन भएकालेले सिमानामै पर्ने यल्वाङ्गमा हेल्थडेक्स स्थापना गरिएको छ ।
चिकित्सक कमेन्द्र न्यौपानेका अनुसार हामी पुग्नु पहिले केही त्रास भएपनि अहिले सर्वसाधारण ढुक्क छन् । हिमपातका कारण चीनसँग सिमाना जोडिएको हिल्सा नाका पुग्न नसकिएपनि हिल्सा नाकाकै बाटोमा पर्ने सबैको आवतजावत हुने यल्वाङ्गमा हेल्थ डेक्स स्थापना गर्दा चेकजाँच प्रभावकारी भईरहेको छ ।
भने हालसम्म कोही पनि कोरोनाका संक्रमित नभेटिएको उहाँको भनाई छ । सार्वजानिक यातायातमा कोरोनाको जोखिम बढी हुन सक्ने भन्दै मुगु, जुम्ला कालिकोट प्रशासनले कडाई गर्न उहाँको सुझाव छ ।
प्रतिक्रिया राख्नुहोस्