तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरको बसपार्कमा पार्किङगरी राखिएको बसमा आगजनी

तुलसीपुर  ।  दाङको तुलसीपुरमा एउटा बसमा आगजनी गरेको भएको छ । अज्ञात समूहले गएराती तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टरदेखि दक्षिणतर्फ पार्किङ गरी राखेको ना४ख ७१८८ नम्बरको बसमा आगजन गरेका हुन् । आगोलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको बस धनी सुमन कार्कीले जानकारी दिए । बसमा गएराति करिब साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बस पार्क भित्र पार्किङ गरि राखिएको बसमा आगजनी भएपछि गाडीधनीहरु भयवित र त्रसीत छन् । यता त्रिशिद्देवरी राप्ती यातायात प्रा.लि. तुलसीपुरले आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न माग गरेको छ ।

सुरक्षीत भनिएको बसपार्क भित्रै पार्किङ गरि राखिएको बसपमा आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै प्रा.लि.का कल्याणकारी सचिव प्रकाश भट्टले घटनाको अनुस्नधान गरी दोषीलाई कार्वाही माग गर्नुभयो । जलाइएको बस दाङको भालुबाङ हुदै रुकुम चल्ने गरेको बताइएको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ । तीन महिना अघिदेखि पार्किङमा गाडी राखिएको कुरा खुल्न आएको बताउदै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले कसले, किन आगो लगाएको हो ? भन्ने कुराको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button