आत्महत्या दुरुत्साहनको आरोपमा चार जना पक्राउ
सल्यान । सल्यानमा आत्माहत्या दुरुत्साहनको आरोपमा ४ जना पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १५ हरेलेकी २१ बर्षिय मुना नाथलाई आत्माहत्या गर्न दुरुत्साहन गर्न लगाएको आरोपमा शारदा नगारपालीका वडा नम्बर १५ का श्रीमान सुनिल नाथ, सोही ठाउँकै सुनिल भन्ने बिजय भण्डारी, लाल बहादुर राज गुरु र त्रिबेणी गाउँपालीका वडा नम्बर ६ का अर्जुन रावत पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यलय सल्यानका अनुसार गएको सोमबार दिउसो मृतक मुना नाथले आफनै घरको कोठाको दलिनमा प्लाष्टीकको डोरी घाँटीमा पासो लगाएर आतमहत्या गरेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानकाक्रममा प्रहरी टोलीले उनीहरुबाट मृतकलाई आत्मा हत्या गर्न बाध्य पारेको देखिएकोले उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको निमित प्रहरी प्रमुख लक्ष्मण वलीले जानकारी दिनुभयो ।
अनुसन्धान गर्दा मृतक मुना नाथको अरुसँग अनैतिक सम्बन्ध छ भनी आरोप लगाई गाउँकै सुनिल भनिने बिजय भण्डारी र लाल बहादुर राज गुरुले पोखरा काम गर्न गएका श्रीमान सुनिल नाथलाई खबर सुनाईदिए पछि उनका श्रीमान गएको मंगलबार घरमा आएर गाउँमा संचालन गरेको किराना पसलमा आगो लगाई श्रीमतीलाई हातपात तथा गाली ब्यजेती गरी शारिरीक तथा मानसीक यातना दिएका थिए । सोही कारण मृतकले सहन नसकी आत्मा हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।
उहाका अनुसार ‘मृतक थापाको नाम, ईज्जत प्रतिष्ठामा आच पुरयाउने गरी अपवाह फैलाएर पीडा सहन नसकी आत्मा हत्या गर्न लगाएको मृतकका बुवाले किटानी जाहेरी आयो, हामी घटना बारेमा अनुसन्धानमा पनि गर्यौ, आत्मा हत्या दुरुत्साहन गर्न लगाएको खुल्न आयो ।’
पक्राउ परेका चारै जनालाई मुलुकी अपराध सहिंता एन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्र्तगत दफा १ सय ८५ बमोजिम आत्माहत्या गर्न दुरुत्साहन दिन नहुनेमा शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत सल्यानबाट प्रहरी हिरासतमा राख्न ७ दिन म्याद थप गरी खनुसन्धान भैरहेको निमित्त प्रहरी प्रमुख वलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्