बी डिभिजन लिगः सबै खेल स्थगित गर्ने एन्फाको निर्णय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले जारी सहिद स्मारक बी डिभिजन लिगसहित सबै खाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि प्रतियोगितालगायत सबै खाले खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सबै कार्यक्रम स्थगित गरेको छ ।
योसँगै एन्फाले चैत १६ गतेका लागि तय गरेको साधारण सभा पनि स्थगित भएको छ । त्यस्तै एन्फाले आफ्नो सातदोबाटोस्थित आफ्नो मुख्य कार्यालयसहित तीन वटै एकेडेमी एक साताका लागि बन्द गर्ने जनाएको छ ।
एन्फाका अनुसार धरान र बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टर पनि चैत १२ गते सम्म बन्द रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्