किसानको लागत ग्यारेन्टी गरी नाफा दिलाउने कृषि मन्त्रीको योजना
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको विकासका लागि कृषिजन्य उत्पादन सामग्रीमा अनुदानको व्यवस्था गर्ने लगायतका महत्वपुर्ण योजनाहरु घोषणा गर्नुभएको छ ।
मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भुसालले किसानले उत्पादन गरेका वस्तुको लागत ग्यारेन्टी हुने गरी सरकारले मूल्य तोक्ने र तोकेको मुल्यमा विक्रि नभएमा ती वस्तु सरकारले नै किनीदिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
मन्त्री भुसालले किसानहरुले प्राविधिक सेवा पाउने, कृषि उत्पादनमा सस्तो र सुलभ ऋण उपलब्ध, बाली तथा पशुपन्छीको विमा लगायतका पाँचवटा योजनाहरु ल्याईएको जानकारी दिनुभयो ।
यस्तै, मन्त्री भुसााल नियुक्त भएपश्चात कृषि अनुसन्धान परिषद्लाई पुर्णता दिईएको, उँखु किसानलाई मन्त्रालयबाट दिईदै आएको अनुदान रकम किसानकै बैंक खातामा उपलब्ध गराईने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि ऐन निर्माणको कार्य अघि बढाईएको, राष्ट्रिय कृषि नीति परिमार्जनको प्रक्रिया आरम्भ गरिएको, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली र विषादी व्यवस्थापन नियमावलीको मस्यौदा तयार पार्ने काम भईरहेको समेत मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्