तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतको नयाँ मुल्य निर्धारणका लागि सार्वजनिक सुनुवाई हुने

काठमाडौं । विद्युत नियमन आयोगले विद्युतको नयाँ मुल्य निर्धारणका लागि सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष पेश गरेको विद्युत महसुल निर्धारण प्रस्ताव उपर आयोगले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

विद्युतको महसुल दर निर्धारण गर्न सार्वजनिक सुनुवाई आयोजना गरी उपभोक्ताको परामर्श लिनुपर्ने नयाँँ व्यवस्था अनुसार्र ्विद्युत नियमन आयोगले यही चैत्र १४, १६, १७ गते बिहान १० देखि साँझ ५ बजे सम्म, डाइनिङ्ग पार्क, मध्य बानेश्वर, पिपलबोटमा सार्वजनिक सुनुवाई आयोजना गर्ने भएको हो ।

आयोगका अध्यक्ष, सदस्यहरु तथा अधिकारीहरु र नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक सुनुवाई हुन लागेको आयोगले बुधवार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालमै पहिलो पटक सूचना प्रविधि समेतको माध्यमबाट सार्वजनिक सुनुवाई आयोजना गरी नेपाल विद्युत प्रधिकरणको महसुल प्रस्ताव उपर प्रतिक्रिया लिन लागेको र त्यसबाट प्राप्त सुझावहरुको आधारमा नेपाल विद्युत प्रधिकरण र उपभोक्ताहरुलाई समेत मर्का नपर्ने गरी विद्युतको महशुल निर्धारण गर्ने आयोगका अध्यक्ष डिल्लीबहादुर सिहले जानकारी दिनु भयो ।

नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आफ्नो राय, सुझाव तथा प्रतिक्रिया प्रदान गर्न ग्राहक वर्ग, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जनप्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवालाहरुलाई आव्हान आयोगले आव्हान गरेको छ ।

अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीहरुले समेत श्रव्य दृश्यको माध्यमबाट आफ्नो राय दिन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button