तपाईँ सुन्दै हुनुहुन्छः

लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानी गर्न धितोपत्र बोर्डको आग्रह


काठमाडौं । केही दिन यता धितोपत्रको दोस्रो बजारको कारोवारका सम्बन्धमा समाचार आएपछि बोर्डले समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्दछ भन्ने मान्यता राख्दै नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई सूक्ष्मरुपले अध्ययन समेत गरीरहेको जनाएको छ ।

पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भैइरहेको सन्दर्भमा नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नु पूर्व सावधानीका विभिन्न कदमहरु चालेको अवस्थामा त्यसले बजारमा त्यस्तो असर नपारेको समेत विज्ञप्तीमा जनाएको छ ।

बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको सन्दर्भमा लगानीकर्ताहरुलाई सामान्य अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र विक्री सम्बन्धी निर्णय नलिन पनि आग्रह गरेको छ ।

साथै बोर्डले लगानीकर्ताहरुलाई हल्लाको पछि नलागी ढुक्क भएर लगानी गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button