बढ्यो सुनको मूल्य
काठमाडौं – वुधबार सुनको मूल्य बढेको छ । मंगलबार घटेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदीको मूल्य तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्