आजको मौसम पूर्वानुमान यस्तो छ
काठमाडौँ ।अहिले नेपालमा मौसममा उतार चढाव ल्याउने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पश्चिमी पहाडी भु–भागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ । आज राती देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया राख्नुहोस्