नेपाल र इङ्ल्यान्ड सी टिमबीच तय भएको मैत्रीपुर्ण खेल स्थगित
काठमाडौं। नेपाल र बेलायतबीच २ सय ४ वर्षको दौत्य सम्बन्ध कायम भएको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको यू २३ ‘सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
कोरोनाभाइरसका कारण पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आगामी मे महिनामा इङ्ल्यान्डको भ्रमणमा जाने कार्यक्रम स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
२५ मा हुने खेल ७ हजार दर्शक क्षमताको अल्डरसट एफसीको मैदानमा हुने कार्यक्रम तय थियो । मैत्रीपूर्ण खेलका लागि एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनबीच सम्झौता भएको थियो ।
सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका थिए । पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा हुने कार्यक्रम थियो ।
दोस्रो मैत्रीपूर्ण खेलका लागि सन् २०२१ को मे महिनामा इङ्ल्यान्डको टिम नेपाल आउने कार्यक्रम छ । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्