महिलाले प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क पाउने
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका महिलाले प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क पाउने भएका छन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकका अनुसार प्रसुती सेवालाई सुरक्षित र प्रभावकारी बनाउन आज देखि निःशुल्क एम्बुेन्स सेवा सुरु गरिएको हो । त्यसका लागि पालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा ७ वटै वडाभित्रका महिलाले प्रसुती अवधिभर लिन पाउनेछन् ।
जुगल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । त्यस्तै अर्को एउटा पनि सामुदायिक स्वास्थ्य ईकाई निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।
प्रसुती गराउन पालिकाभित्रै स्वास्थ्य चौकी र अन्य ठाउँमा जानुपरे पनि एम्बुलेन्स सेवा लिन पाउने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । पालिकाको ४ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको स्वास्थ्य संयोजक अनिल साउदले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्