तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी उज्यालो अभियानः ट्राफिक नियमबारे एक लाख प्रशिक्षित

रासस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको जनाएको छ ।

ट्राफिक नियम पालना गराई सडक अनुशासन र सचेतना अभिवृद्धिका लागि महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।

अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button