तपाईँ सुन्दै हुनुहुन्छः

सामुहकि बीमा कर्णालीबासीलाई प्रदेश सरकारको उपहारः मन्त्री भण्डारी

काठमाडौँ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुहिक बीमा कर्णालीबासीको लागि उपहार भएको बताउनु भएको छ । उहाँले समाजवादी कार्यक्रमको अभ्यास भएको भन्दै नागरिकलाई विपतमा सरकारलाई सम्झिने वातावरण होस् भनेर बीमा कार्यक्रम लागु गरिएको बताउनुभयो ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै कर्णालीलाई “विपत जोखिमविरुद्ध सामुहिक दुर्घटना बीमा आन्तरिक मामिला तथा कानुन मन्त्रलायले राष्ट्रिय बीमा कम्पनीसँग गरेको छ । विपत जोखिमका दृष्टिले कर्णाली प्रदेश संवेदनशील मानिन्छ । विपत जोखिमविरुद्ध लड्न १७ लाख ७० हजार कर्णालीबासी र कर्णालीमा खटिने राष्ट्रसेवक कर्मचारीको सामुहिक दुर्घटना बीमा गरेका छौं । यो कर्णाली प्रदेश सरकारको उपहार हो यो । जीवनका कठिन घडीमा सरकारलाई सम्झिने वातावरण होस् र परिवर्तनको समाजवादी कार्यक्रमको अभ्यासको रुपमा मृतकका आफन्तले दुई लाख पाउनेछन् ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अधिकार बाँडफाँडको अर्को नाम संघीयता भएको बताउँदै कर्णालीमैत्री कानुन निर्माणको प्रक्रियामा भएको बताउनुभयो । प्रदेश सरकारले २९ वटा कानुन निर्माण गरेको र ९ वटा विधेयक विचाराधिन अवस्थामा रहेको जानकारी समेत दिए । केही संघीय कानुन नबनेका कारण बन्न नसकेको बताउँदै मन्त्री भण्डारीले सैद्धान्तिक स्वीकृत लिइसकेको छ तर केही कानुन पारित हुन बाँकी रहेको बताउनुभयो ।

प्रदेश सरकारले विपत पीडितको आवास निर्माण गरिरहेको मन्त्री भण्डारीले बताउनुभयो । उनले २०७१/०७२ मा सुर्खेतमा आएको बाढी पहिरो कारण भएका पीडितहरुको आभास निर्माण गरिरहेको बताउनुभयो । बाढी पहिरोमा परी एकहजार पैतालिस घरपरिवार घरपरिवार विहिन भएका थिए । मन्त्री भण्डारीले भन्नुभयो, “प्रदेश सरकारले उच्चस्तरिय समिति बनाएर उनीहरुको आभासा निर्माणको लागि पहिलो किस्ता दिएका छौं । जमिन भएका परिवारलाई आभास निर्माणको पहिलो किस्ता स्वरुप डेढ लाख दिएका छौं । दोस्रो किस्ता वितरण गर्दैछौं । तर त्यो अपुग नै छ ।”

बाढी पीडितहरुले आफ्नै घरमा दशैं मनाउन पाउने गरी आवास निर्माणको काम अगाडि बढेको जानकारी गराउँदै मन्त्री भण्डारीले सबैलाई यसमा सहयोग गर्न अपील समेत गरे । बाढी पीडितलाई प्रतिपरिवार ३ लाखका दरले उपलब्ध गराउने र जमिन नभएकालाई अतिरिक्त दुई लाख उपलब्ध गराउने पनि मन्त्री भण्डारीले जानकारी समेत दिनुभयो ।

त्यसैगरी कालिकोटको पलाँतामा आगलागीबाट ३५ घर नष्ट भएका थिए । अग्निपीडितहरुको घर निर्माण निर्माण गरेका छन् । प्रति परिवारलाई पाँच लाख उपलब्ध गराएर सबैले घर निर्माण गरे । अहिले सबै नयाँ घरमा फर्किसक्नुभएको छ ।

त्यसैगरी छोरी बचत खाता पनि लागु गरेको छ । कर्णाली प्रदेशका परिभाषा बदल्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।

कर्णालीमा पत्रकारिता निकै कठिन छ । त्यो तथ्यलाई आत्मसात गरेर प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम लागु गरेको मन्त्री भण्डारीले बताउनुभयो। उनले पत्रकार साथीहरुको अलगै कर्तव्य पालनाको सिलसिलामा कार्यक्षेत्रमा निधन भएमा परिवारलाई दुई लाख पचास हजार पाउने गरी पत्रकार बीमा लागु गरिएको जानकारी दिँदै त्यसबाट सुर्खेतका एकजना पत्रकारका परिवारले पाइसकेको बताउनुभयो ।

आमसंचार प्रतिस्ठानको गठनको प्रक्रिया चाँडै अगाडि बढ्ने समेत मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले प्रदेश सरकार वा मन्त्री परिवर्तनको बजार हल्लामात्रै भएको भन्दै अहिले त्यो सम्भव नभएको बताए । प्रदेश सरकार बामे सर्दै गरेकोले जनताले अपेक्षा गरेअनुसार नभएपनि आफूहरु खटिरहेको बताए । उनले सरकार र मन्त्री नफेरिने बताउनुभयो ।

एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कर्णालीमा देखिएको भन्दा नदिएका सम्भावना धेरै भएको बताउनुभयो । उनले प्रदेश सरकारले कर्णालीको गरिबी, अशिक्षा, पछौटेपनको परिभाषा बदल्ने गरी काम गरिरेको दाबी समेत गर्नुभयो । सम्भावनाको हिसाबले समृद्धिको ताल्चा खोल्ने साँचो कर्णाली प्रदेशसँग भएको बताए । उनले एकपटक सबैलाई समृद्धिकी अनुसन्धानको लागि कर्णालीमा पाउने वातावरण बनाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button