राणा र प्रधान ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्य समितीको तेश्रो पुर्ण बैठकले पूर्व अध्यक्ष रूक्मशमशेर राणा र ध्रुव प्रधानलाइ मानार्थ अध्यक्षमा मनोनयन गरेको छ ।
एनओसीको लामो समय देखिको विवाद समाधानमा यो निर्णयपछि दुई ध्रुवमा रहेक एनओसी एक ठाउँमा उभिएको अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । पोखरामा सम्पन्न बैठकले एनओसीका पुर्व अध्यक्ष राणा सहित, प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
विगत १२ वर्ष देखि नेपालमा दुई वटा एनओसी रहँदै, काननी लडाँई समेत झेल्दै आएको विवाद समाधानमा महत्वपुर्ण निकास रहेको बुझिएको छ ।
प्रतिक्रिया राख्नुहोस्