चौतारी संरक्षण गर्दै तनहुँका स्थानीय तह
तनहुँ । तनहुँ जिल्लामा अहिले चौतारा संरक्षण अभियान सुरु भएको छ । विकास र संमृद्धिको नाममा बाटोका छेउ छाउमा पर्ने चौताराहरु मास्ने क्रम बढ्दो रहेको थियो । तर शुक्लागण्डकी नगरपालिकाका केही वडाले भने चौतारो संरक्षण अभियान नै सुरु गरी संरक्षण कार्य गरिरहेका छन् । जस अन्र्तगत नगरका वडा नम्बर ९ र १२ सक्रिय रहेको छ ।
वडा भित्रका क्षेत्रहरुमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न चौतारो संरक्षण अभियान सुरु गरेको वडा नम्बर ९ को वडाध्यक्ष लोक नारायण श्रेष्ठले जानकारी दिनुभयो । वडामा रहेको गौ—संरक्षणमा पनि शितल छहारीका लागि चौतारा आवश्यक पर्ने भएकाले चौतारा निर्माण सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । केन्द्रमा चौतारी निर्माण गर्न र संकलित गोवरको मल प्रगोग गर्न समेत केन्द्र ब्यवस्थापन समितिले आग्रह गरेको उहाँले जानकरी दिनुभयो ।
“टोलमा विरुवा नहुदाँ खुईलो देखियो” उहाँले भन्नुभयो “हामीले उक्त कुरालाई मध्यनजर गदै मर्मत गर्नुपर्ने, नयाँ बनाउनुपर्ने, थप गर्नुपर्ने भए टोलको सर सल्लाह र सहयोगमा चौतारी निर्माण गर्न तयार छौ ।” वडा र स्थानिय सरकारले पुर्खाले लगाएको चौतारो मासेको आरोप लगाए पश्चात संरक्षणमा जुटेको श्रेष्ठले बताउनुभयो ।
उहाँले वडा भित्र चालु आर्थिक बर्षमा ९ वटा चौतारा बन्ने बताए । जसमध्ये शिखर टोलमा २, स्याउली बजारमा २, राधाकृष्णमा २, वातावरण मैत्रि पार्क (ढोरबाराही मन्दिर तल) १ र गौ संरक्षण क्षेत्रमा २ ठाउँमा विरुवा लगाएर चौतारा निर्माण गर्ने अभियान सुरु भएको वडाध्यक्षले बताउनुभयो । वडाका विभिन्न स्थानमा निर्माण हुने चौतारीका लागि सम्वन्धीत टोलका स्थानीयहरुले आर्थिक साझेदारी समेत गरेका छन् ।
यस्तै चौतारो तथा कुवा र पधेरो संरक्षणका लागि वडा न १२ ले समेत चासो देखएको छ । चौतारोका कारण पर्यावरणीय संरक्षण हुने भएकाले पनि संरक्षणका लागि जुटेको वडाध्यक्ष मनराज गुरुङ्गले बताउनुभयो । “पुर्खाको चिनारीको रुपमा रहेको सम्पदा संरक्षण गर्नुप¥यो नि ।”
प्रत्येक आर्थिक बर्षमा चौतारी संरक्षण हुदै आएको जानकारी समेत उहाँले दिनुभयो हालसम्म ५ चौतारी संरक्षण एवं निर्माण भएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष गुरुङ्गले चौतारो निर्माणका लागि वडाले १ चौतारीका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको वताउनुभयो । उहाँका अनुसार वडाको प्युरी दोभानमा २, जस्पुरमा १, बाबियांडाडामा १, घडेरीमा १ र लामागाउँमा १ गरी ५ स्थानमा चौतारी निर्माण भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्