प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि गोप्य मतदान सुरु
जनकपुरधाम। प्रदेश नंं २ का नाम तथा राजधानीको विषयमा प्रदेश सभामा मतदान शुरु भएको छ ।प्रदेश सभाको कार्यतालिका अनुसार प्रदेशको नाउँको विषयमा मतदान शुरु भएको छ । प्रदेशको नाउँमा ४ वटा प्रस्ताव भएकोमा सवै प्रस्तावहरु माथि छुट्टा छुट्टै गोप्य मतदानद्वारा निर्णय हुने प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले जानकारी दिनु भयो ।
शुरुमा नेकपाकाले राखेको प्रदेशको नाम जानकी प्रदेश हुनु पर्ने प्रस्ताव माथि निर्णय लिनका लागि गोप्य मतदान शुरु भएको छ । यस पछि नेपाली काँग्रेसले राखेको मिथिला भोजपुरा प्रदेशमा मतदान हुने भएको छ । यसै गरि नेपाली काँग्रेस कै प्रदेश सभाका सदस्य राजेश्वर प्रसाद साहले राखेको मध्य प्रदेशको प्रस्ताव माथि मतदान हुने भएको छ ।
अन्तिममा समाजवादी तथा राष्ट्रिय जनता पार्टीका तर्फवाट संयुक्त रुपमा प्रदेश सभाका सदस्य शैलेन्द्र कुमार यादवले राख्नु भएको प्रदेशको नाम मधेश प्रदेश हुनु पर्ने विषयमा गोप्य मतदानद्वारा निर्णय लिने भएको छ ।
प्रदेश नंं २ मा रहेको १ सय ७ जना मध्ये दुई तिहाई अर्थात ७२ जनाले कुनै एक नाउँमा मतदान गरेको पाईएको खण्डमा मात्र टुङ्गो लाग्ने अवस्था रहेको छ । प्रदेशको नाउँमा दलहरुका बीचमा सहमति भएको छैन । आजको मतदानवाट प्रदेशले नाउँ पाउँ हुने सम्भावना निक्कै कम रहेको नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिनु भयो ।
प्रदेशको नाउँको विषयमा मतदान सकिएपछि प्रदेशको स्थायी राजधानीको विषयमा मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानीमा पनि तीन वटा प्रस्ताव दत्र्ता रहेको छ । प्रदेश सभामा रहेका नेकपा, नेपाली काँग्रेस सहित सरकारमा रहेको समाजवादी पार्टी तथा राजपाले पहिला नै प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा राजनीतिक सहमति गरिसकेकाले स्थायी राजधामनी जनकपुरधाम हुनेमा कुनै शंका नरहेको शुन्दर विश्वकर्माले जानकारी दिनु भयो ।
प्रदेशको स्थयी राजधानी जनकपुरधाम नै हुनु पर्ने संयुक्त प्रस्ताप पहिलो नम्बरमा भएकाले विरगञ्ज तथा वारा एवं पर्सा जोडेर बीरगंज राख्ने प्रस्तावमा मतदान हुने सम्भावना निक्कै कम रहेको राजपाका नेत्री एवं प्रदेश सभाका सदस्य रानी शर्मा तिवारीले बताउनु भयो ।
प्रदेश सभाको नाउँ तथा राजधानीको निर्णय विषयमा अबेर रातिसम्म निर्णय आउने सम्भावना रहेको छ । सवै विषयमा प्रक्रिया अनुसार मतदान तथा मतगणना गर्दै जादा रागि १२ बज्ने सम्भावना रहेको प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले जानकारी दिनु भयो ।
यस अघि प्रदेश नामाकरण तथा राजधानी सम्बन्धी अध्ययन गर्न बनेको विषेश समितिका सभापति परमेश्वर साहले छलफलका लागि प्रस्ताव राखेपछि छलफल ३० जना प्रदेश सभाका सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि प्रदेश सभामा भएका राजधानीको नाम तथा स्थायी राजधानीको ठाउँको विषयमा मतदान शुरु भएको छ ।
प्रदेश नंं २ मा समाजवादी पार्टीको ३० , राष्ट्रिय जनता पार्टीको २५, नेकपाका ३२, नेपाली काँग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ गरेर कूल १ सय ७ जना सदस्य रहनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्