कोरोना प्रभावित मूलुकहरुमा अन्तर्राष्ट्रिय विमाको काम नरोक्न अर्थ मन्त्रीको आग्रह
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावित मूलुकहरुमा पनि अन्तर्राष्ट्रिय विमाको काम नरोक्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिमा विमा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि दफावार छलफलमा मन्त्री खतिवडाले विमाको काम नै जोखिम व्यवस्थापन गर्ने भएकाले अप्ठ्यारो ठाउँमा अझ सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले नयाँ कानूनमा विमक र पुर्नविमा व्यवसायलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्