तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा: शिक्षा सम्बन्धी नेपाल ऐन संशोधन ,विधेयक सर्बसम्मतिले पारित


काठमाडौं –राष्ट्रिय सभाको आजको बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ लाई सर्बसम्मतिले पारित गरेको छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिनिधी सभाबाट भएको संशोधन स्वीकार सहित शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई पुन पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्बसम्मतिले पारित गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बहाम्फेले प्रस्तुत गर्नुभएको प्रमाण दोस्रो संशोधन विधेयक २०७५ माथी प्रतिनिधी सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्बसम्मतिले स्वीकृत गरेको छ ।

यस अघि राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्षसंग बोल्न समय मांग गरेर भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भू उपयोगको ऐनको कार्यान्वयनकालागि मन्त्रालयले नियमावली तयार गरेर आवश्यक प्रक्रिया अगाडी बढाईसकेको बताउनुभयो ।

भूमि ब्यवस्था मन्त्री अर्यालले भूमिहीन सुकुम्बासीको अवस्था हेरेर भूमि उपलब्ध गराईने,अब्यस्थित बसोबासीको हकमा निजहरुसंग निस्चित शुल्क लिएर ब्यस्थापन गर्ने नीति सरकारले लिएको बताउनुभयो ।नदी किनारका जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण गरिनुपर्नेमा सरकार स्पष्ट रहेको बताउंदै मन्त्री अर्यालले मन्त्रालय अन्तरगतका निकायहरु प्रबिधीमैत्री बन्दै गएको र यसबाट सेवा सुविधा सहज बन्दै गएको उल्लेख गर्नुभयो ।

त्यस अघि बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले कोरोना भाईरसको सन्त्रास फैलिरहेका बेला कालोबजारी बढ्दै गएकाले कालाबजारीयालाई कडा कारवाही गर्न मौग गर्दै सार्क खेलमा उत्कृष्ट नेपाली खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरिएपनि हालसम्म पुरस्कृत नगरिएकोमा सरकारको ध्यानाकृष्ट गराउनु भयो ।राष्ट्रिय सभाको अर्काे बैठक चैत्र ६ गते विहिबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button