तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाका सबै हाटबजार १५ दिन बन्द गरिने

बर्दिया। कोरोना भाईरसको संक्रमण भित्रिन नदिन बर्दिया जिल्लामा बिशेष सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आगामी १५ दिनका लागि जिल्लाका सबै हाट बजार बन्द गर्ने, दुबै देशका नागरिकहरुलाई सुरक्षाकर्मीको स्वीकृति लिएर कोरोना हेल्प डेस्क भएको स्थानबाट मात्र आऊजाऊ गर्न दिने निर्णय गरेको हो ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन बर्दियामा मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न बर्दिया प्रशासनले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि १६ बुँदे कार्ययोजना पारित गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वतयारी सुरु गरेको छ ।

संक्रमण भित्रिन नदिन बर्दियामा भारतीय सिमा क्षेत्रका काउन्टर पार्टस, प्रशासन, प्रहरी, स्थानीय तह, सरकारी निकाय, प्रहरी,सेना लगायतका संयन्त्र  परिचालन हेल्पडेक्स प्रभावकारी बनाउने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भने ।

हेल्प डेस्कमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई उचित सेवा सुविधाको व्यवस्था गर्ने, आइसो लेशन् वार्ड हेल्प डेस्कमा खटिने कर्मचारीलाई पी पी इ लगायतका सामग्रीको व्यवस्था गर्न प्रदेश सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button