तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ को प्रदेश सभा बैठक सुरु : नाम र स्थायी राजधानीका विषयमा मतदान हुँदै

जनकपुरधाम । कार्यसूचि विवादका कारण विहान आठ बजेदेखि बस्न नसकेको प्रदेश दुईको बेठक सुरु भएको छ ।

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन आज मंगलबार प्रदेश सभाको बैठक बोलाइएको हो ।

विहान ८ बजे बोलाइएको बैठकमा सहमती अनुशारको कार्यसूची नभएको भन्दै विवाद बढेसँगै बैठक बस्न सकेको थिएन ।

आजको बैठकले प्रदेशदुईको राजधानी र नामाकंकनको टुंगो गोप्य मतदानबाट लगाउने छ । अहिले मतदान सुरु हुनुअघि सांसदहरु बोल्ने कार्यक्रम छ ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव दर्ता गराएका छन् र सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button