तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसूचि विवाद : बस्न सकेन प्रदेश दुईको बैठक

 

जनकपुरधाम । प्रदेश नंं २ को राजधानी तथा नामको विषयमा निर्णय हुने कार्यतालिकामा फरक परेपछि आज विहान बस्ने भनिएको प्रदेशसभा वैठक अहिलेसम्म वस्न सकेको छैन ।

आज विहान ८ बजेदेखि बस्ने भनिएको बैठक दलहरुका बीचमा सहमति नभएपछि अहिले साढे दशबजेसम्म पनि बस्न नसकेको हो ।

दलहरुकाबीच पहिला प्रदेशको राजधानीको विषयमा टुङ्गो लगाउने सहमति भएपनि प्रदेशसभा सचिवालयले प्रकाशित गरेको प्रदेश सभाको वैठक कार्य सूचीमा पहिला नामको विषय परेसँगै नेकपा तथा नेपाली काँग्रेसका प्रदेशसभाका सदस्यहरुले विरोध गरेसँगै र्बठक अनिश्चित बनेको हो ।

विरोध गर्ने सदस्यहरुले पूर्व सहमति अनुसार पहिला राजधानीको विषयमा टुङ्गो लगाएपछि मात्र प्रदेशको नामको विषय कार्य सूचिमा राख्नका लागि आग्रह गर्नुभएको छ ।

सोही विषयमा प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवसंग दलहरुले वार्ता गरेपनि सहमति नभएपनि नेकपा तथा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुको वैठक अहिले वसी रहेको छ ।

प्रदेश नंं २ को राजधानीको विषयमा तीन वटा प्रस्ताव भएपनि जनकपुरधाम नै राजधानी हुनेमा दुई तिहाई हुने अवस्था देखिएका कारणले सरकारका प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको ईच्छा अनुसार पहिला नामको विषय कार्यसूचिमा आएको नेकपा तथा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले आरोप छ ।

प्रदेश नंं २ मा खास गरेर सरकारमा रहेका समाजवादी पार्टीको ३० , राष्ट्रिय जनता पार्टीको २५, नेकपाका ३२, नेपाली काँग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ गरेर कूल १ सय ७ जना सदस्य रहनु भएको छ ।

प्रदेश नंं २ को राजधानी तथा नामका विषयमा गोप्य मतदान हुने भनेर प्रदेश सभाले मतदानका लागि सवै तयारी गरिसकेका छन् । प्रदेशको नामांकन तथा राजधानीको निर्णय प्रदेश सभाको दुई तिहाईले गर्र्ने संवैधानिक प्रावधान छ ।

प्रदेश नंं २ को नाउँको विषयमा सरकारमा रहेका समाजवादी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश तथा एक जना सदस्यले मध्य मधेश प्रदेश हुनुपर्ने प्रस्ताव दत्र्ता गर्नु भएको छ ।
राजधानीको विषयमा भने तीन वटा प्रस्ताव रहेको छ । जनकपुरधाम, बीरगंज तथा वारा जिल्ला जोडेर विरगंज हुनु पर्ने गरि तीन वटा प्रस्ताव दत्र्ता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button