तपाईँ सुन्दै हुनुहुन्छः

आठ महिनामा २४२ उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा स्वदेशी र विदेशी गरी २४२ उद्योग दर्ता भएका छन् ।

गत वर्ष सोही अवधिमा ३१५ वटा उद्योग दर्ता भएका थिए । चालु वर्षमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैंयाँ बनाएपछि पनि उद्योग दर्ताको संख्या घटेको हो ।

गत वर्ष यसै अवधिमा २३३ वटा विदेशी उद्योग दर्ता भएकोमा चालु वर्ष १७३ वटा मात्रै दर्ता भएका छन् । वैदेशिक लगानी स्वीकृति लिनेमा सबैभन्दा धेरै चिनियाँहरुले १२९ उद्योग दर्ता गराइसकेका छन् । उनीहरुले सबैभन्दा धेरै होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानीका लागि स्वीकृति लिएका छन् ।

यस अवधिमा भारतीय नागरिकले १२ वटा उद्योगका लागि लगानी स्वीकृति लिएका छन् । त्यस्तै जापान, संयुक्त राज्य अमेरिका, बंगलादेश र फ्रान्स लगायत देशका नागरिकले पनि लगानी स्वीकृत पाएको उद्योग विभागले जनाएको छ ।

चालु वर्षको आठ महिनामा ६९ वटा स्वदेशी उद्योग दर्ता भएका छन् । जुस, इनर्जी ड्रिंक्स र ग्लुकोज लगायत पेय पदार्थ उत्पादन गर्नेगरी पशुपति थाई वेभरेजले उद्योग दर्ता गराएको छ ।

बारा जिल्लामा उद्योग स्थापना गर्नेगरी बेभरेजले ३३ करोड २८ लाख लगानी गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button