मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माणको काम सम्पन्न भएको जनाएको छ ।
यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म ल्याउने कार्य वर्षायामपछि सफल हुने आयोजनाले जनाएको छ ।
हालसम्म हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत र साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत सम्पन्न भएको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।
आयोजनाको सुरुङ मार्गको परीक्षणका लागि आज खानेपानीमन्त्री बीना मगर, मेलम्ची विकास समितिका पदाधिकारीको उपस्थितिमा मेलम्चीको हेडबक्र्सबाट सुरुङमार्गको परीक्षण गरिएको छ । कार्यक्रममा मन्त्री मगरले लामो प्रतीक्षा, अन्योल र महेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको वताउनुुभयो ।
सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका काम पनि गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्