तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको भजनी नगरपालिकाद्वारा सिमा नाकामा कडाई

टीकापुर कैलाली । कैलालीको भजनी नगरपालिकाले सिमा नाकामा कडाई शुरु गरेको छ । कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाउदै नगरपालिकाले भारत आवतजावतका लागि नगरपालिका क्षेत्रमा रहेका दुई वटा नाका बाहेक अरु सबै नाका बन्द गर्न परिपत्र जारी गरेको छ ।

भजनी नगरपालिकामा भारत आवतजावत गर्नको लागि प्रयोग भईरहेका पाँच वटा नाका मध्ये तीन वटा बन्द गर्नको लागि नगरपालिकाले परिपत्र जारी गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीराम चौधरीले जानकारी दिनुभयो ।

चालु अवस्थामा रहेका दुई वटा नाका मरीयाघाट र गुलरीयाघाटमा भने भारतबाट आउने मानिसहरुको स्वास्थ्य जाचका लागि हेल्थ डेस्क स्थापना गरिएको पनि निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button