तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरसविरुद्ध बीरगंज कारागारमा सचेतना

बीरगंज । बीरगंज कारागारले कारागार भित्र तथा कैदीबन्दी भेटन आउनेहरुका लागि कोरोना भाईसर विरुद्धको जनचेतना अभिवृद्धि अभियान शुरु गरेको छ ।

कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला कारागारमा रहेको कैदीबन्दी तथा भेट्न आउने आफन्तलाई सचेत गराउन कोरोना भाईसर विरुद्धको अभियान शुरु गरिएको बीरगंज कारागार प्रमुख श्रवणकुमार पोखरेलले बताउनुभयो ।

आज एक कार्यक्रमका बीच बीरगंज कारागार भित्र रहेका एक हजार तीन सय १४ जना कैदी बन्दीहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।

त्यसैगरी कैदीबन्दीलाई भेट्न आउनेहरुलाई समेत कारागार भित्रै बनाईएका मास्क उपलब्ध गराईएको प्रमुख पोखरेलले बताउनुभयो ।

सो अवसरमा कारागारका कैदीबन्दीहरुलाई कोरोना भाईरस विरुद्ध लड्ने क्षमताको विकास, सरसफाई सम्बन्धी चेतना दिईएको छ ।

यसैबीच बीरगंज तथा आसपासका बजारमा मास्कको अभाव सिर्जना भएपछि बीरगंज कारागार भित्र रहेका कैदीबन्दीहरुले बिक्रीका लागि मास्क बनाएका छन् ।

६० हजार थान मास्क कारागारबाट बिक्री भई सकेको र एक लाख थान मास्क बनाउन बजारका व्यवसायीहरुले अडर दिएपछि मास्क बनाउने काम तिव्र रुपमा भईरहेको बीरगंज कारागारका पूर्व नाईके शेख भोलाले जानकारी दिनुभयो ।

कारागारबाट निर्मित कपडाको मास्क अन्तर्राष्ट्रिय मापदण्ड अन्तरगत रहेको र प्रति मास्कको बिक्री मुल्य २० रुपैया राखिएको कारागार प्रमुख पोखरेलले बताउनुभयो ।

यसैगरी आजबाट कारागारमा भेटजाने कैदीबन्दीका आफन्तहरुलाई समेत कडाई गरिएको छ । बीरगंज कारागारमा भारतका कैदीबन्दीहरुको संख्या दुई सय ८१ रहेको र भारतबाट समेत कैदीबन्दीका आफन्त भेटन आउने हुँदा स्वास्थ्य सुरक्षा चुनौतीलाई ध्यान

प्रतिक्रिया राख्नुहोस्

Back to top button