तपाईँ सुन्दै हुनुहुन्छः

विमा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि दफावार छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा विमा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि दफावार छलफल जारी रहेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले विधेयक कर्मचारी केन्द्रीत भएर आएको भन्दै संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य एवं पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले कर्मचारीले आफ्नो अनूकुल विधेयक ल्याउने हुँदा विधेयकमाथि घनिभूत छलफल हुनुपर्ने बताउनुभयो ।

आजको बैठकमा बिमा समितिको सञ्चालक समितिको गठन, काम कर्तव्य र अधिकारलगातयतका विषयमा सहमति जुटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button