नाग्म–गमगडी सडकको प्रबेशद्धारमा हेल्थ डेक्स स्थापना
जुम्ला।नाग्म गमगडी सडक खण्डको प्रबेशद्धारमा हेल्थ डेक्स स्थापना गरिएको छ । कर्णाली राजमार्ग हुदै मुगु राराका लागि आउने पर्यटकहरुलाई लक्षित गरी नाग्म गमगडी सडक खण्डको प्रबेशद्धारा हिमा गाउँपालिकामा हेल्थ डेक्स स्थापना गरिएको हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले जानकारी दिनुभयो । आईतबार गाउँपालिका अध्यक्ष रजबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको स्वास्थ्य जाँच गरेर पालिकाको कार्यालय नजिककै हेल्थ डेक्स स्थापना गरिएको हो ।
डेक्सले माक्स वितरण गर्नुका साथै स्वास्थ्य समस्या बारेमा चेकजाँच गर्ने प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताउनु भयो । कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य राराताल जाने मुख्य सडक भएकोले पनि जिल्लामै पहिलो हेल्थ डेक्स स्थापना हो । कोरोनाको त्रासले फाटफुट् आउने आन्तरिक तथा बाह्य पर्यटकलाई हेल्थ डेक्सले राहत दिने विश्वास गरिएको छ । पर्यटक संगै हिमा गाउँपालिकामा आउने सेवाग्राहिलाई समेत नियमित चेकजाँच गरिने भएको छ ।
यसअघि जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्ला कालिकोटको सिमाना नाग्मघाट, जुम्ला मुगुको सिमाना बुलबुले जुम्ला डोल्पाको सिमाना चोत्रा र जुम्ला विमानस्थलमा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ । हेल्थ डेक्स स्थापना तथा आबश्यक पूवतयारीलाई मजबुद बनाउन लागि परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि कोराना भाइरस संक्रमणलाई मध्येनजर गर्दै १० वटा शैया छुट्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताउनु भयो । विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल समेत बनाएको छ । जुम्लामा कोराना भाइरस बारेमा सचेतनाका क्रियाकलाप समेत अगाडी बढाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्