तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी दूतावासद्वारा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

काठमाडौँ ।अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द गरेको छ।

कोरोना संक्रमणले विश्वव्यापी रुप लिएपछि सोमबार सूचना जारी गर्दै दूतावासले मंगलबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो । आकस्मिक अपोइन्टमेन्ट लिनु परेका मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जानकारी दिएकाे छ ।दूतावासले चाँडै भिसा सेवा पुनस् सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button