तपाईँ सुन्दै हुनुहुन्छः

आमाबाबुको हत्या अभियोगमा छोरा पक्राउ

कञ्चनपुर ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा गत फागुन १४ गते राति भएको भण्डारी दम्पतीको हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् । आफ्नो घरभित्रै मृत फेला परेका जयलाल भनिने जय बहादुर भण्डारी र उनकी कान्छी श्रीमती धना देवी भण्डारीको जयलालकी जेठी श्रीमती पट्टीका छोरा २६ वर्षीय भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भण्डारी दम्पती हत्या प्रकरणमा उनकै छोरा भरतको संग्लनता देखिएकोले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभएको छ ।

अनुसन्धानका क्रममा विभिन्न तथ्यका आधारमा पक्राउ परेका भरतले आफ्ना बुवा र सैतेनी आमाको हत्या आफूले गरेको स्वीकार गरी बयान दिएको बताइएको छ । फागुन १४ गते दिउँसो मोटरसाइकलको ट्रयल दिन डडेल्धुराबाट महेन्द्रनगर पुगेका भरत साँझ अत्तरिया पुगी पुनः फर्की राति कलुवापुर पुगेका थिए । सोही राति घरायसी वादविवाद हुँदा उनले आफ्नै बुवा र सौतेनी आमाको हत्या गरेको बयान दिएका छन् । जयलाल भण्डारीकि जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि उनलेे २२ वर्षीया धनासँग विवाह गरेका थिए । धनाबाट जन्मिएकी सात महिनाकी छोरी छन् । आमाबाबुको हत्यापछि बेवारिसे अवस्थामा फेला परेकी छ‍ोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button