कोरोना भाइरस नेपालमा नभित्रियोस भन्दै बिशेष पुजापाठ
बैतडी । कोरोना भाइरस नेपालमा नभित्रियोस भन्दै बैतडीको प्रसिद्ध शक्तिपीठ निंगलाशैनी भगवती मन्दिरमा बिशेष पुजाआजा गरिने भएको छ ।
यहि चैत १९ गते अष्टमीका दिन बलिसहित लाग्ने जात्रामा बिशेष पुजाआजा गर्न भाकल गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समिति अध्यक्ष मुखिया मानबहादुर बोहराले बताउनुभयो ।
उक्त बिशेष पुजाआजामा सहयोग गर्न र सहभागी बन्न चाहेमा सम्पर्क गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
बिश्वशान्तिका लागि यसअघि समेत निङ्गलाशैनी भगवती मन्दिरमा पुजाआजा गर्ने गरेको भन्दै उहाँले सबै श्रदालु भक्तजनहरुको आग्रह अनुसार बिशेष पुजाआजा गर्न लागेको बताउनुभयो ।
उहाँले बिगतमा समेत निङ्गलाशैनी भगवती माताको मन्दिरमा पुजापाठ गरेकाले रोगव्याधी, महामारी र भय शन्त्रास नभित्रिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्