तपाईँ सुन्दै हुनुहुन्छः

नेयमारलाई बेच्दै पीएसजी

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सुपर स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड घटाएर नेयमारलाई बेच्न तयार भएको हो । पीएसजीले नेयमारको नयाँ मुल्य एक सय ३५ मिलियन पाउन्ड राखेको छ । यसअघि नेयमारको मुल्य एक ८६ मिलियन पाउन्ड तोकिएको थियो ।

यससँगै नयमार अब जुनकुनै क्लबमा जान फुकुवा भएका छन् । ब्राजिलियन नेयमारको मुल्य घटेसँगै उनलाई पूर्व क्लब बार्सिलोनालेनै अनुबन्ध गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । नेयमारले पनि यसअघिनै पीएसजी छाड्न चाहेका थिए । उनलाई आगामी समरमा बार्सिलोनाले फर्काउनेछ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button