तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सतर्कताः तनहुँको जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।

सो कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।

गण्डकी प्रदेश सरकारले तनहुँको जिपीसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button