नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव
काठमाडौँ ।हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। सोमबार देशका पहाडी भूभागमा आंशिक बदली र बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार राती देशका पहाडी भूभागमा आंशिक बदली र बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार र बुधबार पनि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्