निशुल्क दन्त शिविरबाट २८० जना लाभान्वित
जुम्ला। तिला गाउँपालिकाको विभिन्न स्थानमा गरिएको शिशुल्क दन्त शिविरबाट करिब २ सय ८० जना बिरामी लाभान्वित भएका छन् । लामो समय देखि दाँत दुख्ने समस्याबाट ग्रसित २ सय ८० जना पहिलो पटक गाउँमै निशुल्क दाँतको उपचार पाउँदा खुसी भएका छन् । जुम्लामा भरपर्दो दाँतको उपचार गर्ने अस्पताल नभएकाले पनि धेरै विरामी पिडा सहेर बस्न बाध्य छन् ।
तिला गाउँपालिका ६ सुडिका राम बहादुर रावतले विगत २÷३ महिनादेखि दाँतको पिडाबाट बल्ल मुक्ति पाएको बताउनु भयो । त्यस्तै, तिला ९ मालापानीका मोतिलाल बुढाले पनि एक महिनादेखि भित्री (बंगडा) दुख्ने समस्याबाट मुक्त भएको उल्लेख गर्नु भयो ।
तिला गाउँपालिकाको समन्वय,हातेमालो नेपालको आयोजना र (बिएमडी एमआइ) नेपालको सहयोगमा संचालन गरिएको निशुल्क दन्त शिविरबाट तिलाका सुडि, घोडेमहादेव, पोखरी, र मानेचौर गाउँका २ सय ८० जनाले सेवा लिएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावत बताउनु भयो ।
स्थानीयको उपचार संगै, सदरमुकाम खलंगा उपचार गराउन जाँदा प्रतिव्यक्तिको लाग्ने न्युनतम ५ हजारका दरले, २ सय ८० जनाको सदरदर हिसाब गर्दा करिब १० लाख बढी रकम शिविरले बचाएको छ । शिविरमा चेतनाकै अभावले होला साना बच्चा, पढेलेखेमा युवा देखि बृद्ध सम्मका दाँतको समस्या देखिएको थियो ।
अस्पताल नजिक नहुने, चेतनाको अभाव, मुखभरी ओभरदाँत आएर अनुहार बिग्रने पिडा सहेर बस्ने स्थानीयको बाध्य थियो । स्थानीय जीवनबहादुुर बुढाले भने, पहिलोपटक गाउँमा भएको दन्त शिविरले ठुलो राहत पुराएको छ । फेरी पनि शिविर संचालन गर्न माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्