तपाईँ सुन्दै हुनुहुन्छः

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

कास्की-जिल्लाको माछापुच्छ«े गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो ।

चिकित्सकका अनुसार उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उहाँ गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । उपचारकारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।

अहिले उहाँको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ ।

कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गर्नुभएको थियो । किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो ।

उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् । किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ«े बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button