तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को महासचिवको जिम्मेवारी योगीलाई

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ ।

सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव योगीलाई जिम्मेवारी तोक्नुभएको हो ।

राष्ट्रियसभाका अध्यक्षको परामर्शमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको सभामुखको सचिवालयले जनाएको छ । उहाँले सोमबारदेखि महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

रासस ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button