तपाईँ सुन्दै हुनुहुन्छः

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७

धनुषा । धनुषामा घरेलु विषाक्त रक्सी सेवनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

आज थप दुई जनाको मृत्यु भएसँगै विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदा र लक्ष्मीनियाँ गाउँपालिका ५ का ३४ वर्षीय विश्वनाथ यादवको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको हो ।

विषाक्त रक्सी सेवन गर्नेहरुको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button