तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारबाही गरिने’

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई नछाड्ने बताएको छ । आज एक सूचना जारी गरी चितवनका केही व्यापारीमा धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बढेको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

सूचनामा भनिएको छ, ‘ चितवनका केही व्यापारीले कोरोनाको त्रासमा कालोबजारी गर्न थालेको सूचना प्राप्त भएको छ । दैनिक उपभोग्य सामान लुकाउने, बढी मूल्य लिने वा स्टक राख्ने गरेको भेटिएमा कडा कारबाही गर्ने छौं ।’ प्रशासन कार्यालयले बजारमा हुने गैरकानुनी कार्य नियन्त्रणमा सहयोग पु¥याउन उद्योग वाणिज्य संघलगायतका संघसंस्थामा अनुरोध पनि गरेको छ ।

सूचनामा जिल्लाका सरकारी कार्यालयहरुले घोषित र अघोषितरुपमा बजार अनुगमन गरिरहेकोले कानुन विपरितका कार्य कसैले गरेमा कडा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button