बजार अनुगमन नहुँदा उपभोक्ताहरू ठगिएको गुनासो
सल्यान । नियमित बजार अनुगमन नहुँदा ठगिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारी सल्यानको खलंगामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरु बिभिन्न बहानामा ठगिँदै गएको बताएका हुन ।
चाडपर्वको समयमा मात्र बजार अनुगमन हुने र अन्य बेला अनुगमन नगर्दा उपभोक्ताहरु ठगिएको गुनासो गरेका छन । खाध्य, किराना पसलदेखि, अन्य स्थानहरुमा उपभोक्ता ठगिनुका साथै चर्कोे मुल्यमा कारोबार गर्नु परेको बताएका छन् ।
उपभोक्ताहरु आफै सचेत नहुनु र कारवार्हीको दायरामा नल्याउदा पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताउनुभयो । सम्बन्धित निकायले बजार अनुगमनलाई कडाई नगर्दा उपभोक्ताहरु ठगिरहेको उहाँको भनाई छ ।
सचेतनाको कमिले पनि उपभोक्ताहरु ठगिने गरेकाले जनमानसमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने शारदा नगरपालिका २ का वडा अध्यक्ष केशब सिङ श्रेष्ठले बताउनुभयो । उहाँले उपभोग गर्न पाउनु नागरिकको अधिकार भएकाले गुणस्तरिय सामान प्राप्त गर्नको लागि उपभोक्ताहरु पनि सचेत हुनुपर्ने बताउनुभयो ।
सबै उपभोक्ता भएकाले कुनै न कुनै बहानामा आफुहरु ठगिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख नृपजंग शाहीले बताउनुभयो । उहाँले अहिले सबै अधिकार स्थानीय तहमा गएकाले स्थानीय तहहरु पनि यस बिषयमा जिम्मेवार बन्नु पर्ने जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले कानुन अभावले गर्दा नियमित बजार अनुगमन गर्न नसकिएको बताउनुभयो । उहाँले संघियता आई सकेपछि कानुन निर्माणमा ढिलाई हुँदा पनि अनुगमन गर्नमा अन्यौल देखिएको उहाँको भनाई छ । उहाँले अनुगमनका बिषयमा सचेतना फैलाउनु पर्ने मिडियाले पनि यस्ता बिषयमा कुरा उठाउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्