तपाईँ सुन्दै हुनुहुन्छः

‘ग्याँसको आयातमा कुनै पनि समस्या छैन’

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउन ग्याँसको आयातमा कुनै पनि समस्या नरहेकोे जनाएको छ ।

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले खाना पकाउने ग्याँसको आयातमा कुनै समस्या नरहेकाले अधिक सन्चय नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।

उहाँले एल्पीजी ग्याँसको सन्चय गर्ने व्यवस्था नहुँदा आपुर्तिमा केही समस्या देखिए पनि चाँडै नै समस्याको समाधान हुने बताउनुभयो ।

निर्देशक पौडेलले पेट्रोलियम पदार्थको आपुर्तिमा भने कुनै पनि समस्या नरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले बजार अनुगमनलाई नियमित गरी कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button