असिना पानीले अछाममा बालीनालीमा क्षति
अछाम । अछाममा वर्षासँगै आएको असिना पानीका कारण हिँउदे बालीमा क्षति पुगेको छ । शनिवार बेलुकी हावाहुरीसँगै असिनापानी परेको थियो । असिनाले हिँउदे खेती गहुँ, जौ, रायोलगायतका बालीनाली तथा तरकारी खेतीमा समेत क्षति पुगेको हो ।
जिल्लाका मेल्लेख, बान्नीगढी जयगढ, चौरपाटी, साँफेबगर, रामारोशन, मंगलसैन लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । करिब आधा घण्टासम्म लगातार असिना परेको र बालीनालीमा क्षति पुगेको मेल्लेख गाउँपालिका ३ ठाँटीका कृष्ण रावलले बताउनुभयो ।
यो बर्ष पटक पटक पानी परेकाले हिउँदे बाली राम्रो थियो तर असिनाले क्षति गर्दा दुःख लागेको ठाँटीका अर्का किसान लाल बहादुर चँदाराले दुःखेसो पोख्नुभयो ।
हिउँदे बाली तथा तरकारी बालीमा आलु, प्याज, लसुन, पालुंगो, काउली लगायतमा असिनाले क्षति गरेको छ । पसाउनै लागेको गहुँ, जौ तथा मसुरोमा असिनाले नराम्रो क्षति गरेको बान्नीगढी जयगढ गाउँपालिकाका एकेन्द्र थापाले बताउनुभयो ।
हावा हुरीसँगै साँफेबगर नगरपालिका १२ खप्तडमा परेको असिनाले गहुँ, जौ, तोरी, आलु, मुसुरोलगायतका बालीलाई क्षेती खेती गरेको छ ।
असिना पानीले किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका वडा अध्यक्ष प्रकाश बहादुर रानाले जानकारी दिनुभयो ।
किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका भिमराज शाहले जानकारी दिनु भएको छ । हावा हुरीसँगै आएको असिना पानीले मेल्लेख गाउँपालिकाका धेरै वडाहरुमा पनि क्षति पुर्छयाएको छ ।
असिना पानीले आलु, तोरी, मसुरो लगायतका बाली नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिनुभयो । असिनाले मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटमा पनि क्षेति पुर्याएको छ ।
असिनाले पानिले बान्नीगढी जयगढ गाउँपालिकामा पनि ठूलो क्षती पु¥याएको छ ।
प्रतिक्रिया राख्नुहोस्