खाद्यान्न तथा औषधी पर्याप्त मात्रामा रहेकोले महिनौलाई पुग्ने गरी भण्डारण गर्नु पदैनः मन्त्री भट्ट
काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले उपभोक्ताले आफ्नो अधिकार जिम्मेवारपुर्ण रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भट्टले संसारभर अहिले अघोषित संकटकाल लागेको भन्दै नेपाल यसको सामना गर्न तयारी अवस्थामा रहेको बताउनुभयो ।
बजारमा अहिले देखिएको जस्तो कुनैपनि वस्तुको अभाव नरहेको भन्दै मन्त्री भट्टले उपभोक्तलाई नआत्तिन समेत आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिवद्धय चन्द्रकुमार घिमिरे तथा वैकुण्ठ अर्यालले उपभोक्ताको हितलाई ध्यानमा राखी मन्त्रालयले पहल कदमी सुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँहरुले खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा औषधी पर्याप्त मात्रामा रहेको भन्दै उपभोक्तालाई महिनौलाई पुग्ने गरी भण्डारण नगर्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा उपभोक्ता हितका क्षेत्रमा सक्रिय सदस्यहरुले उपभोक्तको हितका लागि केन्द्र, प्रदेश र स्थानीय तहको सरकार विच समन्वय गरी नीतिगत सुधार नगरे कृतिम अभाव सिर्जना गरी कालोवजारी गर्नेहरु अझ सक्रिय रहने बताउनुभयो ।
यसैगरी आजै हाँस्य कलाकार किरण केशी लाई उपभोक्ता हितका लागि प्रबद्र्धन गर्न वाणिज्य तथा आपुर्ति विभागले सद्भावना दुत नियुक्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्