तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकताको साथ अघि बढाईरहेको : मन्त्री नेम्वाङ

बारा । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुरमा नव निर्मित दुधौरा खोलाको पुलको उद्घाटन गर्नुभएको छ ।

पुल उद्घाटनपछि कार्यक्रममा बोल्र्दै मन्त्री नेम्वाङले सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न लागिरहेको बताउनुभयो ।

सरकारले राष्ट्रिय गौरबका आयोजनाहरुलाई प्राथमिकताको साथ अघि बढाईरहेको जानकारी दिनुभयो ।

उहाँले हुलाकी सडक निर्माण , ६ लेनको सडक निर्माण ,फास्ट ट्रयाक निर्माणको कामलाई तिव्रता दिँदै अगाडि बढिरहेको बताउनुभयो । उहाँले जनताको सुख दुःखको साथीका रुपमा सरकार अगाडि बढ्न लागेको दाबी गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल, संविधानसभाका सदस्य नजमा आलम प्रदेशसभाका सदस्य सुन्दरबहादुर विश्वकर्मा, यातायात विभागका महानिर्देशक केशव शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । नितनपुर कलैया सड्कखण्डमा पर्ने यो पुल सञ्चालनमा आएपछि जनतालाई आवतजावतमा सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button