तपाईँ सुन्दै हुनुहुन्छः

बारा प्रहरीद्वारा भारी मात्रामा अबैध घरेलु मदिरा नष्ट

बारा । जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न स्थानीय तहमा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।प्रहरीले १३ हजार १ सय ६० लिटर अर्ध तयारी र ३ सय लिटर तयारी अबैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट खटीएको प्रहरी टोलीहरूले बिभिन्न स्थानिय तहहरुबाट सो परिमाणको मदिरा बरामद गरेको थियो ।

कलैया उपमहानगरपालिका , जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका, लगायतको स्थानीय तहमा सञ्चालनमा रहेको १८ वटा अबैध भट्टी भत्काई मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button